दफा ५३
निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था
(१) निजामती कर्मचारीले यस ऐनको अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम ट्रेड युनियन गठन गर्दा देहायको विषयमा देहायबमोजिमको व्यवस्था पालना गर्नुपर्नेछ ः–
(क) कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्रांकित कर्मचारीबाहेक राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेसागत हक हितका लागि राष्ट्रियस्तरको निजामती कर्मचारीको ट्रेड युनियनहरू गठन गरी सदस्यता लिन सक्नेछन् ।
(ख) निजामती कर्मचारीको ट्रेड युनियनहरूको दर्ता श्रम तथा रोजगार प्रवद्र्धन विभागमा हुनेछ ।
(३) निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन देहायबमोजिम हुनेछः–
(क) उपदफा (१) बमोजिम गठन भएको निजामती कर्मचारीको ट्रेड युनियनका सदस्यहरूले छनौट गरेका पदाधिकारीहरू रहने गरी एक
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन गठन गर्न सक्नेछन् ।
(ख) निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले जिल्लास्तर, विभागीयस्तर र राष्ट्रियस्तरमा आफ्नो पेसागत मागहरू सम्बन्धित
निकायमा प्रस्तुत गरी सामाजिक संवाद र सामूहिक सौदावाजी गर्न पाउनेछ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन गठन
नभएको अवस्थामा उपदफा (१) बमोजिम गठन भएका निजामती कर्मचारीका ट्रेड युनियन संघहरूले आपसमा सहमति गरी सामूहिक
सौदावाजी गर्न पाउने छन् ।
(ग) निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनसम्बन्धी अन्य व्यवस्था
तोकिएबमोजिम हुनेछ ।
(४) निजामती कर्मचारीको ट्रेड युनियनको काम, कर्तव्य र अधिकार देहायबमोजिम
हुनेछ :-
(क) कर्मचारीको हक हित संरक्षण एवं संवद्र्धन गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन नेपाल सरकारलाई रचनात्मक सुझाव र
सहयोग गर्नु उपदफा (१) र (३) बमोजिम गठित निजामती कर्मचारीको ट्रेड युनियनहरूको कर्तव्य हुनेछ ।
(ख) निजामती कर्मचारीको ट्रेड युनियनले भेला, तालिम, प्रशिक्षण, गोष्ठीलगायतका रचनात्मक एवं सिर्जनात्मक कार्यहरू सञ्चालन गर्न
सक्नेछन् ।
(ग) निजामती कर्मचारीको ट्रेड युनियनलाई महासंघ गठन गर्ने, त्यसको सदस्य बन्ने, अन्तर्राष्ट्रिय संघ वा महासंघको सदस्य बन्ने र आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकार हुनेछ ।
(५) निजामती सेवासंग सम्बन्धित कानुनको निर्माण गर्दा नेपाल सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको सल्लाह र सुझाव लिन सक्नेछ ।
(६) उपदफा (१) र (३) बमोजिम गठन भएका राष्ट्रियस्तरका ट्रेड युनियनहरू र आधिकारिक ट्रेड युनियनका पदाधिकारीबाट आफ्नो कार्यक्षेत्र अनुकूल स्थानमा सरुवाको माग भएमा अख्तियारवालाले सो अनुकूल हुने गरी सरुवा गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
(७) उपदफा (१) र (३) बमोजिम गठित राष्ट्रियस्तरका ट्रेड युनियनहरूका केन्द्रीय पदाधिकारीहरू र सदस्यहरूलाई युनियनसम्बन्धी स्वदेशी तथा वैदेशिक सेमिनार, गोष्ठी, अधिवेशन, संगठनसम्बन्धी कार्य आदि कार्यक्रममा भाग लिनको लागि नेपाल सरकारलाई आर्थिक
दायित्व नपर्ने गरी एक वर्षमा बढीमा तीस दिनसम्मको काजको व्यवस्था गर्न सकिनेछ ।
(८) निजामती कर्मचारीको ट्रेड युनियनको दर्ता, सोसम्बन्धी सर्त, प्रक्रिया र अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।